गृहपृष्ठ उपत्यकामा बन्दको प्रभाव सामान्य, चोकचोकमा प्रहरी
उपत्यकामा बन्दको प्रभाव सामान्य, चोकचोकमा प्रहरी
फाइल तस्बिर
विप्लव समूहले बन्दको घोषणा गरेसँगै काठमाडौं उपत्यकासहित देशभर नै चोकचोकमा प्रहरी परिचालन गरिएको छ । अप्रिय घटना हुन नदिन सरकारले चोकचोकमम प्रहरी परिचालन गरेको हो । सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूहले आज बन्दको घोषणा गरेको हो ।
प्रहरीका अनुसार अहिले काठमाडौ उपत्यकामा बन्दको सामान्य प्रभाव परेको छ । अघिपछिको भन्दा कम सवारी साधान चलेका छन् । बाहिर जिल्ला जाने सवारीले टिकट काट्न मानेका छैनन् । बन्दमा तोडफोड हुने डरले यातायात व्यवसायीले टिकट काट्न नमानेका हुन् ।
यद्यपी, प्रहरीले बन्दलाई असफल बनाउन स्कर्टिङ गरेर भए पनि गाडी चलाइने बताएको छ । प्रहरील विप्लव समूहका जोकोहीलाई भेट्ने वित्तिकै नियन्त्रणमा लिएर कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रकाशित समय ०७:०९ बजे

















