गृहपृष्ठ बुध्द एयरले भित्र्यायो १२ औं एटीआर जहाज

बुध्द एयरले भित्र्यायो १२ औं एटीआर जहाज

आन्तरिक तथा बाह्य उडान वृद्धि गरिने

Buddha ATR at TIA Kathmandu
निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक बुध्द एयरले आफ्नो १२ औं जहाज एटिआर ७२–५०० भित्र्याएको छ । फ्रान्सको टुलुजस्थित एटिआर कम्पनीद्वारा निर्मित जहाज भित्र्याएको हो । जहाज लिन बुध्द एयरबाट गत साता प्राविधिक टोली फ्रान्स गएको थियो ।
नाइन एन एएमवाई कलसाइन रहेको जहाज सोमबार बेलुका ८ः३० बजे  त्रिभुवन अन्तर्रास्ट्रिय  विमानस्थल काठमाडौंमा अवतरण गरेको थियो । बुद्धसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२–५०० तीनवटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेको जनाइएको छ ।
नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनाबाट उडान भर्ने जानकारी बुद्ध एयरले दिएको छ । थपिएको जहाजले नियमिति मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्‍याउने दाबी गरिएको छ ।
बुध्द एयरले आगामी आगामी जेठ १३ बाट एटिआर ७२–५०० बाट भारतको कोलकोता पनि उडान भर्ने तयारी गरेको छ । सो एयरले भारतीय तथा नेपाली यात्रुको लागि हवाईटिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको व्यवस्था गरिएको जानकारी दिएको छ ।

प्रकाशित समय १२:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु