गृहपृष्ठ नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा
नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा
नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा श्रीलंकालाई ४–० गोलले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।
नेपालका लागि पुनम जर्घामगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले गोल गरेका हुन् । नेपालले उपाधिका लागि भारत र बगलादेशबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित समय १३:०३ बजे

















