गृहपृष्ठ चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई
चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई
सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराईलाई नियुक्त गरेको छ । गत चैत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
बिहीबार सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले भट्टराईलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको जानकारी गराएका हुन् । तत्कालीन अध्यक्ष निकिता पौडेलले बोर्डबाट राजीनामा दिएपछि रिक्त थियाे ।
प्रकाशित समय १६:४१ बजे

















