गृहपृष्ठ प्रधानमन्त्रीको निर्देशन : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रुत गतिमा गुर्नस्

प्रधानमन्त्रीको निर्देशन : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रुत गतिमा गुर्नस्

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रुत गतिमा गर्न निर्देशन दिएका छन् । भैरहवामा निर्माणाधीन विमानस्थलको शुक्रबार अवलोकन गर्दैै प्रधानमन्त्री ओलीले कार्यप्रगति सन्तोषजनक नरहेको भन्दै द्रुत गतिमा गर्न निर्देशन दिएका हुन् ।

काम छिटो सकेर विमानस्थल संचालनमा ल्यउन उनले सम्बन्धित निकायलाई निर्देशन समेत दिए । प्रधानमन्त्री ओलीले विमानस्थलमा एयर रुट मिलाउन भारतीय पक्षसँग छलफल भइरहेको जानकारी दिए ।

आयोजना प्रमुख ई प्रवेश अधिकारीले हालसम्म ८० प्रतिशत काम सकिएको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए । अवलोकनका लागि प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमसहितको टोली पुगेको थियो ।

प्रकाशित समय १२:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु