गृहपृष्ठ शान्तिपूर्ण राजनीतिमा आउन ‘विप्लव’ समूहलाई प्रधानमन्त्री ओलीको आग्रह
शान्तिपूर्ण राजनीतिमा आउन ‘विप्लव’ समूहलाई प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका छन् । भैरहवा विमानस्थलमा शुक्रबार पत्रकारसँग उनले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका हुन् ।
विध्वंसात्मक गतिविधि रोक्नु सरकारको काम भएको भन्दै प्रधानमन्त्री ओलीले विप्लव समूहलाई विध्वंसात्मक गतिविधि नगर्नुस भन्दा केहीले चित्त दुखाएको बताए । विध्वंस गर्नेहरु देशको हितमा नरहेको समेत उनको भनाइ छ ।
सीके राउतले विखण्डन छाडेर र विकासको बाटोमा आएको बताउँदै प्रधानमन्त्री ओलीले विप्लव समूहलाई पनि आउन आग्रह गरे । नेकपा अध्यक्ष समेत रहेको ओलीले पार्टीको स्थानीय तहको एकता आकस्मिकरुपमा टुंगिने बताए ।
‘पार्टी एकता, चुनावी गठबन्धन आकस्मिकरुपमा भएका छन्, स्थानीय तहको एकता पनि आकस्मिक रुपमै हुन्छ’ उनले भने ।
प्रकाशित समय १३:०१ बजे
















