गृहपृष्ठ सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

durghatna2-newskarobar

मोरङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् । कानेपोखरी गाउँपालिका–७ स्थित पूर्र्व–पश्चिम राजमार्गमा शनिबार भएको दुर्घटनामा दुई जनाको मृत्यु हो ।

ना ३ ख ६९१८ नम्बरको कन्टेनर र बा ११ च ७९४८ नम्बरको टाटा सुमो गाडीले ठक्कर दिएको थियो । दुर्घटनामा सुमोमा सवार झापा अर्जुनधारा नगरपालिका–४ बस्ने ४७ वर्षीय रामकुमार आछामी र गौरादह नगरपालिकाका ३५ वर्षीय प्रकाश मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिए । घाइतेहरको विराटनगरस्थित न्यूरो अस्पताल उपचार भइरहेको छ ।

प्रकाशित समय १३:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु