गृहपृष्ठ ‘विप्लव’ समूहलाई चन्दा दिए कारवाही : सरकार
‘विप्लव’ समूहलाई चन्दा दिए कारवाही : सरकार
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई चन्दा लगायतका सहयोग गर्नेलाई पनि सरकारले कारवाही गर्ने भएको छ । विध्वंसशात्मक क्रियाकलापमा संलग्न रहेको भन्दै सरकारले सो समूहलाई सहयोग गर्नेलाई पनि कारवाही गर्ने चेतावनी दिएको हो ।
आइतबार गृहमन्त्रालयले विज्ञप्ति निकालेर विप्लव समूहको गतिविधिलाई सहयोग गर्नेलाई हालै मन्त्रीपरिषदवाट पारित भएको अपराधीक तथा विध्वंसात्मक नियन्त्रण विधेयक अनुसार कारबाही हुने चेतावनी दिएको छ ।
सरकारले कुनै किसिमको आर्थिक ,भौतिक सहयोग एवं त्रास र धम्की तथा प्रलोभनमा नर्पन सबैलाई आग्रह गरेको छ । यस्तो गरेमा तत्काल प्रहरीलाई खवर गर्न सरकारले आग्रह गरेको छ ।

प्रकाशित समय १५:५० बजे
















