गृहपृष्ठ प्रतिबन्ध हटाउन सरकारलाई ‘विप्लव’ को चैतसम्मको अल्टिमेटम
प्रतिबन्ध हटाउन सरकारलाई ‘विप्लव’ को चैतसम्मको अल्टिमेटम
नेत्रविक्रम चन्द विप्लव समूहले आफ्नो पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन सरकारलाई आगामी चैत मसान्तसम्मको अल्टिमेटम दिएको छ ।
विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै चैत मसान्तभित्र पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन अल्टिमेटम दिएका हुन् । प्रतिबन्ध नहटाए सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने उसको चेतावनी छ ।
पक्राउ परेका आफ्ना नेता कार्यकता रिहाईको माग गर्दै सो समूहले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । पछिल्लो पटक मध्य कमाण्ड प्रमुख हेमन्तप्रकाश वलीसहितका नेताहरु समेत पक्राउ परेका छन् ।

प्रकाशित समय ०७:५६ बजे
















