गृहपृष्ठ आरक्षको जग्गा अतिक्रमण गर्न आएको समूह र प्रहरीबीच झडप

आरक्षको जग्गा अतिक्रमण गर्न आएको समूह र प्रहरीबीच झडप

कोशी टप्पु वन्यजन्तु आरक्षको जग्गा अतिक्रमण गर्ने समूह र प्रहरीबीच झडप भएको छ । जग्गा अतिक्रमण गरी बस्ती बसाउन आरक्षभित्र प्रवेश गरेका समूह र प्रहरीबीच झडप भएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले झडपलाई नियन्त्रण गर्न लाठी चार्ज र अश्रु ग्यास प्रहार गरेको थियो । सो क्रममा प्रहरीले १२ जना भन्दा धेरैलाई पक्राउ समेत गरेको छ ।

सो समूहलाई सम्झाउने प्रयास असफल भएपछि झडप भएको सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिए ।

प्रकाशित समय १५:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु