गृहपृष्ठ निर्मला हत्या प्रकरण : डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
निर्मला हत्या प्रकरण : डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र अभियुक्तलाई यातना दिएको आरोप लागेका सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसीलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न कञ्चनपुर जिल्ला अदालतले आदेश दिएको छ ।
सोमबार र मंगलबारको बयान सकिएपछि उनलाई ९ लाख रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालतले आदेश दिएको हो ।
अनुसन्धानमा खटिएका ८ जना प्रहरीविरुद्ध उजुरी परेको थियो । बाँकी ७ जना यसअघि नै धरौटीमा रिहा भइसकेका छन् ।
प्रकाशित समय १६:५१ बजे

















