गृहपृष्ठ एसईईका लगातार दुई परीक्षा स्थगित भएपछि विद्यार्थी तोडफेडमै उत्रिए
एसईईका लगातार दुई परीक्षा स्थगित भएपछि विद्यार्थी तोडफेडमै उत्रिए
प्रदेश नम्बर दुईमा विहीबार र शुक्रबार लगातार दुई विषयको प्रश्नपत्र बाहिरिएर परीक्षा रद्द भएपछि विद्यार्थी आक्रोशित भएका छन् ।
आक्रोशित परीक्षर्थीहरुले विज्ञान र सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा पूर्व नै बाहिरिएपछि नाराबाजी र तोडफोडमा उत्रिएका हुन् । आक्रोशित परिक्षार्थीहरु आ–आफ्नो केन्द्रबाट नारा जुलूस गर्दै राजमार्ग अवरुद्ध गर्न पुगेका छन् । परीक्षार्थीहरुले प्रदेश दुईको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि धर्नामा बसेका छन् वीरगञ्जमा भने विद्याथीले सडकमा टायर बालेर विरोध जनाएका छन् ।
परीक्षा रद्द गरिएको आक्रोशमा जनकपुरधामका विद्यार्थीले ज्ञानकूप स्कूलमा तोडफोड समेत गरेका छन् । प्रदेश दुइका ८ जिल्लामा ठाउँ-ठाउँमा प्रदर्शन भएको हाम्रा जिल्ला सहकर्मीहरूले जानकारी दिएका छन् ।
प्रकाशित समय १०:५६ बजे

















