गृहपृष्ठ गायक प्रराज पौडेलको ‘तिमीले भन्दा’ को म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)
गायक प्रराज पौडेलको ‘तिमीले भन्दा’ को म्युजिक भिडियो सार्बजनिक (भिडियोसहित)
गायक प्रराज पौडेलको ‘तिमीले भन्दा’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समय एकपछि अर्को हिट गीतहरु नेपाली सांगीतिक बजारमा पस्किन सफल गायक प्रराज सांगीतिक बजारमा चर्चा बटुल्दै गरेका गायक हुन् ।
गीतकार अम्बिका गुरुङको शब्द रहेको यस गीतलाइ संगीतकार निल गुरुङले संगीत भरेका छन् भने सुमन केसीले एरेन्ज गरेका छन् । उत्सब दाहालले छायांकन गरेको म्युजिक भिडियोलाइ अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । मोडल मिरुना लिसरा मगर र मिस्टर वर्ल्ड नेपाल २०१८ का विकल्पराज श्रेष्ठले यसमा अभिनय गरेका छन् ।
प्रकाशित समय १८:५० बजे

















