गृहपृष्ठ २४ किलो चरेशसहित पर्साबाट भारतीय नागरिक पक्राउ

२४ किलो चरेशसहित पर्साबाट भारतीय नागरिक पक्राउ

प्रहरीले पर्साबाट २४ किलो चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । ठूलो परिमाणमा चरेश बोकेर नेपालबाट भारततर्फ जाँदै गरेका कोलकाता सिविरपुर २७ का सहनवाद अब्दललाई जिल्ला प्रहरी कार्यालय तथा प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

बसपार्कमा सवारी साधन र पैदल यात्रुहरुको जाँच गर्ने क्रममा पैदलयात्री अब्दुललाई २४ किलो चरेशसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित समय १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु