गृहपृष्ठ एनआईसी एशिया बैंकद्वारा वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण

एनआईसी एशिया बैंकद्वारा वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण

bio-toilets-handover-newskarobar

एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको वित्तीय सहयोगमा पशुपति क्षेत्र विकास कोषलाई चारवटा वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालको उपस्थितिमा वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरिएको हो ।

वातावरणमैत्री घुम्ती शौचालयको सही प्रयोजन तथा सम्वर्धनबाट भविष्यमा बढी भन्दा बढी दर्शनार्थीले हिन्दूहरुको आराध्य देवको बास भएको पाशुपत क्षेत्रमा सहज रुपमा उक्त क्षेत्र दर्शन भ्रमणमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले जानकारी गराएका छन् । त्यस्तै, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालले शौचालय वातावरणमैत्री भएका कारण वातावरण थप अनुकूल हुने जनाए ।

एनआईसी एसिया बैंकका देशभर २८१ शाखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ एकाइ छन् ।

प्रकाशित समय १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु