गृहपृष्ठ नेपालकाे पर्यटक बसले ठक्कर दिँदा पाँच भारतीयको मृत्यु
नेपालकाे पर्यटक बसले ठक्कर दिँदा पाँच भारतीयको मृत्यु
भारतको उत्तर प्रदेशको खमारिया गाउँको पिलिभिट–बरेलीमा नेपालबाट गएको एक पर्यटक बसको ठक्करबाट पाँच भारतीय नागरिकको मृत्यु भएको छ । शनिबार बिहान भएको दुर्घटनामा पाँचको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
दुर्घटनामा नेपालबाट गएका केही यात्रुसमेत घाइते भएका छन् । भारतीय प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । चालकको लापर्बाहीका कारण मृत्यु भएको भन्दै चालकविरुद्ध फस्ट इन्फर्मेसन रिपोर्ट दर्ता गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ११:४२ बजे

















