गृहपृष्ठ पहिलेको भन्दा फरक अभियान र यात्रामा छौं : प्रधानमन्त्री

पहिलेको भन्दा फरक अभियान र यात्रामा छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एउटा नयाँ आत्मविश्वास र उत्साह लिएर पहिलेको भन्दा फरक अभियान र यात्रामा अघि बढेको बताएका छन् । लगानी सम्मेलन सकिएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नयाँ आत्मविश्वास र उत्साह लिएर पहिलेको भन्दा फरक अभियान र यात्रामा अघि बढेको बताएका हुन् ।

समाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आज नेपाल एउटा नयाँ आत्मविश्वास र उत्साह लिएर पहिलेको भन्दा फरक अभियान र यात्रामा अघि बढेको छ । विकासको यस प्रयासमा एकजुट भएर अघि बढ्यौं भने हामी छिट्टै नेपाललाई नयाँ र उन्नत रुपमा पाउनेछौं ।’

विकासका लागि सबैलाई एकजुट भएर अघि बढ्न समेत उनले आग्रह गरेका छन् । प्रधानमन्त्री ओली विभन्न कार्यक्रममा सहभागी हुन आज पूर्व जाँदै छन् ।

प्रकाशित समय ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु