गृहपृष्ठ ओखलढुंगा : जिप दुर्घटनामा मृत्यु भएकामध्ये चारजनाको सनाखत

ओखलढुंगा : जिप दुर्घटनामा मृत्यु भएकामध्ये चारजनाको सनाखत

ओखलढुङ्गाको मानेभञ्ज्याङमा आइतबार भएको जिप दुर्घटनामा परी मृत्यु भएका ६ मध्ये ४ जनाको सनाखत भएको छ । हलेसीबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०६ नम्बरको जिप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा ताप्लेजुङ थप्तालुङ गाउँपालिका ७ का ५५ वर्षीय मिङ्गमा शेर्पा, सोही ठाउँका ४५ वर्षीय सांगेल शेर्पा, काठमाडौँ बौद्धका ३५ वर्षीय नुर्भु शेर्पा र सोही ठाउँका वाङदा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । दुई जनाको सनाखत हुन बाँकी छ । दुर्घटनामा परी घाइते भएका तीनजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
तीव्र गतिका कारण अनियन्त्रित भइ जिप दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रकाशित समय १३:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु