गृहपृष्ठ जिप दुर्घटना अपडेट : मृत्यु भएका ६ जनाकै सनाखत
जिप दुर्घटना अपडेट : मृत्यु भएका ६ जनाकै सनाखत
ओखलढुङ्गाको मानेभञ्ज्याङमा आइतबार भएको जिप दुर्घटनामा परी मृत्यु भएका सबै ६ जनाकै सनाखत भएको छ । हलेसीबाट काठमाडौँका लागि छुटेको बा १६ च २२०६ नम्बरको जिप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा ताप्लेजुङ फत्तालुङ गाउँपालिका ७ का ५५ वर्षीय मिङ्गमा शेर्पा, सोही ठाउँका ४५ वर्षीय सांगेल शेर्पा, काठमाडौँ बौद्धका ३५ वर्षीय नुर्भु शेर्पा, सोही ठाउँका वाङदा शेर्पा, सेर्तुङ शेर्पा र डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए । उनकाअनुसार ज्यान गुमाएका मध्ये चार पुरुष र दुई जना महिला छन् ।
दुर्घटनामा परी घाइते भएका तीनजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । तीव्र गतिका कारण अनियन्त्रित भइ जिप दुर्घटना भएको प्रहरीको अनुमान छ ।
प्रकाशित समय १८:०१ बजे

















