गृहपृष्ठ अपहरणमा परेको नाटक, आफ्नै परिवारसँग २३ लाख फिरौती माग

अपहरणमा परेको नाटक, आफ्नै परिवारसँग २३ लाख फिरौती माग

apaharan_newskarobar सांकेतिक तस्बिर

अपहरणमा परेको भन्दै आफ्नै परिवारसँग २३ लाख फिरौती माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणको नाटक गरी आफ्नै परिवारसँग २३ लाख फिरौती रकम माग गर्ने दार्चुला घर भई जडिबुटी बस्ने जयभान सिंह धामीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

उनले आफूलाई अज्ञात समूहले अपहरण गरेको र २३ लाख मागेको भन्दै परिवारलाई फोन गरेका थिए । उनका परिवार प्रहरीमा आएर जाहेरी दिएपछि चावहिलमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु