गृहपृष्ठ मौसममा बदली, हावाहुरी र मेघ गर्जनसहित असिनापानी पर्ने सम्भावना
मौसममा बदली, हावाहुरी र मेघ गर्जनसहित असिनापानी पर्ने सम्भावना
काठमाडौं उपत्यकासहित देशभरको मौसममा बदली हुने भएको छ । आज देशभरको मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका विभिन्न ठाउँमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।
दिउँसो देशका पूर्वी क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रमा हावाहुरी र मेघ गर्जनसहित असिनापानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार तराई तथा पहाडी भेगमा हावाहुरीसहित पानी पर्ने सम्भावना छ । स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभावले मौसम बदली भएको हो ।
प्रकाशित समय ११:४७ बजे

















