गृहपृष्ठ मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई कारोबार अनुमति
मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई कारोबार अनुमति
मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको कम्पनी मेगा क्यापिटल मार्केट्स लिमिटेडले मर्चेन्ट बैंकिङ व्यवसाय गर्न अनुमति पाएको छ ।
मेगाले सोमबार धितोपत्र बोर्डबाट कारोबार अनुमतिपत्र प्राप्त गरेको हो । यस कम्पनीको अधिकृत पूँजी ३० करोड रुपैयाँ र चुक्तापूँजी २० करोड रुपैयाँ छ । मेगाले पूँजी बजारसँग सम्बन्धित निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवा त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालयबाट प्रदान गर्ने सिईओ सुदयकान्त झाले जानकारी दिए ।
ग्राहकहरुको सुविधा, लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राख्निे कम्पनीको उदेश्य छ । अब मेगाले केही दिनै औपचारिक कार्यक्रम गरी विधिवत् रुपमा कारोबार प्रारम्भ गर्नेछ ।
प्रकाशित समय ०९:१५ बजे

















