गृहपृष्ठ मेरो माइक्रोफाइनान्सद्वारा नयाँ कर्मचारीलाई अभिमुखीकरण

मेरो माइक्रोफाइनान्सद्वारा नयाँ कर्मचारीलाई अभिमुखीकरण

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नयाँ कर्मचारीहरुलाई लघुवित्त सम्बन्धी ४ दिने आधारभूत तथा अभिमुखीकरण तालिम सुरु गरेको छ ।

तालिममा ६९ जना कर्मचारी सहभागी छन् । उद्घाटन समाहरोहमा बोल्दै संस्थाका अध्यक्ष सञ्जीव मानन्धरले तालिममा सहभागी कर्मचारीलाई सकारात्मक उर्जा लिएर कार्यक्षेत्रमा गई आफ्नोे काम कुशलतापूर्वक पूरा गर्न सुझाव दिए । संस्थामा रहेर कर्मचारीहरुले आफ्नोे पेशाप्रति इमान्दार, असल आचरण, व्यवहारिक हुनुका साथै नतिजामुखी कार्यले सँधै अगाडी बढाउनुका साथै कर्मचारीको मनोबल बढ्दै जानेमा आफू विश्वस्त रहेको बताए ।

माईक्रोफाइनान्सले प्रतिस्पर्धी बजारमा संगठनलाई विस्तार गर्दै केही समयभित्र ७७ जिल्लामा पुर्याउने लक्ष्य राखेको छ । माइक्रोफाइनन्सले हावाहुण्डरीबाट प्रभावित बारा र पर्साका ग्राहकहरुलाई २ हजारका दरले ५१ घरपरिवार र काजकिरिया खर्च वापत मृतककका परिवारलाई १५ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय स्थापना गरी राष्ट्रिय स्तरमा कार्य गर्नेगरी मान्यता पाएको माइक्रोफाइनान्सले हाल ४८ जिल्लामा ९४ शाखा मार्फत ९१ हजार विपन्न परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित समय ०९:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु