गृहपृष्ठ हावाहुरी पीडितलाई राहत वितरण
हावाहुरी पीडितलाई राहत वितरण
बाराका हावाहुरी पीडितलाई जनकपुरका समाजसेवीले राहत वितरण गरेका छन् । असहाय संरक्षण मञ्च जनकपुरधामका अध्यक्ष एवं समाजसेवी बैद्यनाथ साहको नेतृत्वमा गएको टोलीले हावाहुरी पीडितलाई राहत वितरण गरेको हो ।

टोलले झुल, म्याट, त्रिपाल, साडी, च्युरा, मुरही, फलफुल, बिस्कुट, नुन, सख्खर लगायतको खाद्यान्न सामाग्री वितरण गरेको हो । बाराको प्रसौनी गाउँपालिका वाडा नम्बर ४ का पीडितहरुको घरदैलो र फेटा गाउँपालिका वडा नम्बर १ मा राहत वितरण गरिएको हो ।

फेटा गाउँपालिका वाडा नम्बर १ का वडाअध्यक्ष जयप्रकाश दासले प्रभावितहरुको लागि अझै सहयोग आवश्यक रहेको बताए ।
प्रकाशित समय १४:०३ बजे

















