गृहपृष्ठ बार निर्वाचन : प्रजातान्त्रिक प्यानलको अग्रता

बार निर्वाचन : प्रजातान्त्रिक प्यानलको अग्रता

नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । प्रजातान्त्रिक प्यानलका अध्यक्षका प्रत्यसी सुनिककुमार पोखरेलले अग्रता लिएका छन् ।

पोखरेलले १५ सय ६६ मत पाएका छन् भने उनका प्रतिस्पर्धी प्रगतीशीलका उम्मेदबार चण्डेश्वर श्रेष्ठले १४ सय ३३ मत पाएका छन्।

अहिलेसम्म नेपालगञ्ज र दाङको देउखुरी बुथ बाहेक उपत्यका बाहिरको मत गणना सकिएको छ । अहिले काठमाडौं उपत्यकाको मत गणना सुरु भएको छ ।

प्रकाशित समय १४:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु