गृहपृष्ठ प्रस्तावित न्यायाधीशमाथिको सुनुवाई आजदेखि
प्रस्तावित न्यायाधीशमाथिको सुनुवाई आजदेखि
न्यायपरिषद्बाट सिफारिस भएका सर्वोच्च अदालतका पाँच न्यायाधीशमाथिको सुनुवाई आज सुरु हुँदैछ ।
न्यायाधीशमाथि उजुरी आह्वान गर्न संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । न्यायपरिषद्को मंगलबारको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि पाँच जनाको नाम सिफरिस गरेको थियो । उनीहरुको नियुक्तिका लागि सिफारिस गरेको पत्र संसदीय सुुनुवाइ समितिमा मंगलबारै पठाइएको थियो ।
सिफारिस भएका न्यायाधीशहरुमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मालता माथेमा, कानुन व्यवसायीबाट मोरङका पूर्वमहान्यायाधिवक्ता हरि फुँयाल, काठमाडौंबाट वरिष्ठ अधिवक्ता कुमार रेग्मी र अधिवक्ता डा. मनोजकुमार शर्मा छन् ।
प्रकाशित समय ०९:१० बजे

















