गृहपृष्ठ बाढीले अफगानिस्तानमा ८० जनाको मृत्यु, ४२ हजार विस्थापित
बाढीले अफगानिस्तानमा ८० जनाको मृत्यु, ४२ हजार विस्थापित
अफगानिस्तानमा एक महिनाभित्र आएको बाढीमा ८० जनाले ज्यान गुमाएका छन् । २ सय भन्दाबढी घाइते भएका छन् ।
बाढीका कारण एक महिनामै ४२ हजार भन्दा बढी व्यक्ति पूर्ण रुपमा विस्थापित भएको संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय (ओचा) ले जनाएको छ । अफगानिस्तानको फर्याब, बाल्ख, जावजान, उत्तरी प्रान्त हेरात र बादघिसको पश्चिमी क्षेत्रमा मार्च मसान्तमा भारी वर्षापछि बाढी आएको थियो ।
उत्तरी क्षेत्रमा वर्षको ठूलो बाढी आएको अफगान अधिाकारीहरुलाई उदृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही हप्ताको बीचमा मात्रै एक लाख ६३ हजार मानिस बाढीबाट प्रभावित भएका छन् ।
प्रकाशित समय ०८:५५ बजे

















