गृहपृष्ठ एसईईको प्रश्नपत्र बाहिर्याउनेलाई आज सार्वजनिक गरिँदै
एसईईको प्रश्नपत्र बाहिर्याउनेलाई आज सार्वजनिक गरिँदै
माध्यमिक शिक्षा परिक्षा(एसईई) को परीक्षाअघि प्रश्नपत्र सार्वजनिक गर्नेहरुलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ ।
प्रदेश दुईमा विज्ञान र सामाजिक विषयको प्रश्न पत्र सार्वजनिक भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले घटनाको छानबिन गरेको थियो । सिआइबीका प्रमुख प्रहरी नायव महानिरिक्ष निरजबहादुर शाही र प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीले दिउँसो साढे दुई बजे पत्रकार सम्मेलन मार्फत् प्रश्नपत्र आउट गर्नेलाई सार्वजनिक गर्ने कार्यक्रम छ ।
प्रकाशित समय ११:११ बजे

















