गृहपृष्ठ २ सय १२ किलो गाँजासहित दुईजना पक्राउ

२ सय १२ किलो गाँजासहित दुईजना पक्राउ

pakrau-arrest-newskarobar

प्रहरीले २ सय १२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका– ३ तीनताप्केबाट गाँजा, गाँजा बोक्न प्रयोग गरिएको ना ३ च ३७९६ नम्बरको पिकअप भ्यानसहित दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिङले जानकारी दिए । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–११ का ३६ वर्षीय रामजस यादव र सोही ठाउँका १९ वर्षीय उज्वल गुर्मछाने मगर रहेका छन् ।

पक्राउ परेका दुवै जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी बिहीबार बिहान सार्वजनिक गरेको छ । उनिहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्धा दायर गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित समय ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु