गृहपृष्ठ एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला
एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा मृत फेला
चितवनमा एकै परिवारका तीनजना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
भरतपुर महानगरपालिका–१८ स्थित शशीनगरको शहरी क्लिनिक टोलमा बस्दै आएका एउटै परिवारका आमा, छोरा र छोरी मृत अवस्थामा फेला परेका हुन् ।
एकै स्थानमा तीन वटा सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३–१४ वर्षीया छोरी विनिता र अन्दाजी ११–१२ वर्षीय छोरा विवेक झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनीहरुको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ । घटना रहस्यमय हुनसक्ने भन्दै चितवन प्रहरीले अनुसन्धान थालेको छ ।
मृतकका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । आमाले नै छोराछोरीलाई झुण्डाएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ ।
प्रकाशित समय १०:३४ बजे

















