गृहपृष्ठ बोइङले ७३७ मोडलको विमान उत्पादन घटायो
बोइङले ७३७ मोडलको विमान उत्पादन घटायो
बोइङले धेरै बिक्री हुने आफ्नो ७३७ मोडलको विमान उत्पादनमा कटौती गर्र्ने भएको छ । इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनापछि बोइङले धेरै बिक्री हुने ७३७ मोडलको विमान उत्पादनमा कटौती गर्न लागेको हो ।
एप्रिल महिनाको मध्यदेखि प्रतिमहिना ५२ बाट घटाएर ४२ वटा मात्रै सो मोडलको विमान बनाइने उसले एउटा विज्ञप्तिमार्फत् जनाएको छ । बोइङ ७३७ म्याक्स मोडलको विमानको हस्तान्तरण रोकिएपछि सो कम्पनीले पछिल्लो कदम चालेको हो ।
इथियोपिया र इन्डोनेशियामा भएका दुर्घटनामा सोही मोडलका जेट विमानहरू परेका थिए । एकै मोडलका दुई विमान दुर्घटनाग्रस्त भएपछि गत मार्च महिना देखि नै यस मोडलका विमानहरु विश्वभर ग्राउन्डेड छन्।
प्रकाशित समय १४:०० बजे

















