गृहपृष्ठ ओमनलाई नेपालले दियो २ सय ३० रनको लक्ष्य
ओमनलाई नेपालले दियो २ सय ३० रनको लक्ष्य
आईसीसी यू–१९ वान डे वर्ल्डकपकाे एसियाली छनोटमा नेपालले ओमानलाई २३० रनको चुनौति दिएको छ । मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २ सय ९ रन बनाएको हो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक पूरा गरे । ८१ बल प्रहार गरेका उनले ७५ रन जोडे । अर्का ब्याट्सम्यान भीम सार्की ३९ रनमा आउट भए भने आक्रामक ब्याटिङ गरेका प्रतिक जीसीले २३ बलमा ४१ रन बनाए । नेपालका लागि पवन सराफ ५ रन, सन्दीप जोरा ४, हरी चौहान २, कुशल मल्ल २, कमल सिंह ऐरी १ रन बनाएर आउट भएका थिए । सूर्य तामाङले ७ रनको योगदान गरे । ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रवीन्द्र र जिल तन्नाले २–२ विकेट लिए ।
प्रकाशित समय १२:०८ बजे

















