गृहपृष्ठ हार्नेले पनि जितेको अनुभव गर्न पाउँछन् : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त
हार्नेले पनि जितेको अनुभव गर्न पाउँछन् : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सुनुवाई समितिमा आफ्ना १० वटा कार्ययोजना पेश गरेका छन् । बुधबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनले १० वटा कार्ययोजना पेश गरेका हुन् ।
बैठकमा उनले आफू पदमा नियुक्त भए हार्नेले पनि जितेको अनुभव गर्ने गरी चुनाव गराउने बताए । उनले स्थानीय, प्रदेश र संघको उपनिर्वाचन गराउने बताए ।
उनको १० वटा योजनामा निर्वाचन प्राणालीको सुधार गर्नेदेखि विदेशमा रहेका मतदाताको मताधिकारलाई सम्बोधन गर्नेसम्म रहेको छ ।
प्रकाशित समय १६:०६ बजे

















