गृहपृष्ठ मोरङबाट ७४५ लाई वंशज नागरिकता, ३५ सयलाई बाँडियो टोकन

मोरङबाट ७४५ लाई वंशज नागरिकता, ३५ सयलाई बाँडियो टोकन

nagrikata-newskarobar

जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसँगै मोरङमा नागरिकता लिनेको भीड बढेको छ । मोरङमा बिहीबारसम्म ७ सय ४५ जनालाई नागरिकता वितरण गरिएको छ ।

थप ३५ सय टोकन वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मोरङकी सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिइन् । ओलीले इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लाबारी तथा जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता वितरण भइरहेको बताइन् ।

रंगेलीबाट १५९, उर्लाबारीबाट ७९ र जिल्ला प्रशासन कार्यालय मोरङबाट ६६६ लाई नागरिकता वितरण गरिसकिएको छ । यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नागरिकता वितरणको परिपत्र रोक्न अन्तरिम आदेश दिएको थियो ।

चैत २५ को उक्त आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो । वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेको थियो ।

नागरिकता पाउनका लागि आमा र बाबुुको नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य हुुनुुपर्छ । २०६३ सालमा टोलीले देशभर १ लाख ७० हजार ४२ जनाले जन्मको आाधारमा नागरिकता पाएका थिए ।

प्रकाशित समय २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु