गृहपृष्ठ भूकम्पले ज्यान गुमाएकाको स्मृतिमा श्रद्धाञ्जली सभा गरिँदै
भूकम्पले ज्यान गुमाएकाको स्मृतिमा श्रद्धाञ्जली सभा गरिँदै
चार वर्षअघि भूकम्पले क्षतिग्रस्त बसन्तपुर क्षेत्र ।
विनाशकारी भूकम्पमा परी चार वर्ष अघि ज्यान गुमाएकाको स्मृतिमा काठमाडौंको बसन्तपसरमा श्रद्धाञ्जली सभा गरिँदैछ ।
बसन्तपुरमा ११ बजेर ५६ मिनेटमा भूकम्पमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने कार्यक्रम छ ।
आजै प्रधानमन्त्री ओलीले त्रिपुरेश्वरको त्रिपुरासुन्दरी मन्दिर काष्ठमण्डप र विभिन्न सम्पदाहरुको पुनर्निर्माणको अवस्थाबारे निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित समय १०:०० बजे

















