गृहपृष्ठ एट्लेटिकोको भ्यालेन्सियामाथि रोमाञ्चक जित
एट्लेटिकोको भ्यालेन्सियामाथि रोमाञ्चक जित
स्पेनिस लिग ला लिगामा भ्यालेन्सियालाई एट्लेटिको मड्रिडले पराजित गरेको छ ।
ला लिगाअन्तर्गत बुधबार रातिको खेलमा एट्लेटिकोले भ्यालेन्सियालाई ३–२ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा निकै रोमाञ्चक बनेको खेलमा घरेल टोली एट्लेटिकोले अल्भेरो मोरटाको गोलबाट खेलमा सुरुवाती अग्रता बनाएको थियो । ३६औं मिनेटमा केभिन गेमेरियोले बराबरी गोल फर्काए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएका थियो ।
एन्टोइन ग्रिजमनले दोस्रो हाफका सुरु भएको ४ मिनेटमै गोल गर्दै टिमलाई अग्रता दिलाए । ७७औं मिनेटमा ड्यानियलले पेनाल्टीमार्फत गोल गरेपछि खेल २–२ गोलको स्थितिमा पुगेको थियो ।
एन्जल कोरेराले खेल सकिन ९ मिनेट बाँकी रहँदा गोल गर्दै एट्लेटिकोलाई ३–२ को रोमाञ्चक जित दिलाए । एट्लेटिकोले शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी ९ मा झारेको छ । बार्सिलोना च्याम्पियन बन्न एक खेल कुर्नुपर्ने भएको छ ।
भ्यालेन्सिया ५२ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा छ ।
प्रकाशित समय १०:१४ बजे

















