गृहपृष्ठ प्रलोभन देखाउँदै धर्म प्रचार गर्ने ५ जना पक्राउ

प्रलोभन देखाउँदै धर्म प्रचार गर्ने ५ जना पक्राउ

pakrau-arrest-newskarobar

दाङमा क्रिश्चियन धर्म प्रचार गर्ने २ विदेशी नागरिकसहित ५ जना पक्राउ परेका छन् । विभिन्न प्रलोभन देखाउँदै धर्म प्रचार गर्ने २ विदेशी नागरिकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेकाहरु विरुद्ध मुद्दा दर्ता गरी दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित समय १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु