गृहपृष्ठ धनगढी विमानस्थल एक महिना बन्द हुने
धनगढी विमानस्थल एक महिना बन्द हुने
धनगढी विमानस्थल एक महिना बन्द हुने भएको छ । कैलालीको गेटास्थित धावनमार्ग स्तरोन्नतिका लागि वैशाख २२ गतेदेखि जेठ २१ गतेसम्म विमानस्थल बन्द हुने भएको हो ।
जीर्ण भएको धावन मार्ग बनाउननको लागि एक महिना बन्द गर्न लागिएको विमानस्थलका प्रमुख तेजबहादुर बुड्थापाले जानकारी दिए । अहिले धनगढीमा नेपाल एयरलाइन्स, बुद्ध एयरलाइन्स, श्री एयरलाइन्सले उडान भर्ने गरेका छन् ।
प्रकाशित समय १५:१९ बजे

















