गृहपृष्ठ राष्ट्रपति भण्डारी बेइजिङमा

राष्ट्रपति भण्डारी बेइजिङमा

राष्ट्रपति विद्यादेवी भण्डारी चिनको राजधानी बेइजिङ पुगेकी छिन् । चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा उनी सान्सी प्रान्तबाट राजधानी बेइजिङ पुगेकी हुन् ।

भ्ण्डारीलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ परराष्ट्र मन्त्रालयका उपमन्त्री कोङ सुयानयु तथा चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्चीलगायतले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी बेइजिङमा दोस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल’ कोअपरेशनमा सहभागी हुनेछिन् । उनले सो मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

राष्ट्रपति भण्डारीले बिहीबार सियानस्थित माटोबाट बनेको सेनाको संग्रहालय ‘टेराकोटा वारियर्स म्युजियम’ अवलोकन गरेकी छन् । सो संग्रहालयमा दुई हजार वर्षभन्दा पुराना माटाका मूर्ति छन् । ती किन्सिहुवाङको समाधिका रक्षकका रुपमा देखिन्छन् ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु