गृहपृष्ठ उपत्यकाका अधिकांश सवारी साधन प्रदुषण मापदण्डमा फेल
उपत्यकाका अधिकांश सवारी साधन प्रदुषण मापदण्डमा फेल
उपत्यकामा चल्ने अधिकांश सवारी साधन प्रदुषण मापदण्डमा फेल रहेको देखिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण अभियानअन्तर्गत ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षणको संयुक्त टोलीले यातायातका साधनबाट हुने प्रदुषण जाँच गर्दा अधिकांश सवारी साधनमा प्रदुषण फेल देखिएको हो ।
महाशाखाले गएको चैत २१ गतेदेखि गरेको एक हजार ३ सय २४ सवारी साधनको प्रदुषण अनुगमन तथा जाँचमा ६ सय ७० सवारी साधन प्रदुषणको मापदण्डविपरित चलेको पाइएको हो ।
ट्राफिक प्रहरीलाई पर्याप्त रुपमा प्रदुषण जाँच गर्ने मेसिन नहुँदा धेरै सवारी साधनको प्रदुषण जाँच गर्न नसकिएको ट्राफिक महाशाखाले जनाएको छ ।
महाशाखाले अहिले सवारी परीक्षण कार्यालय टेकुसँग सहकार्य गरेर सडकमा सवारी प्रदुषण जाँच गरिरहेको छ ।
प्रकाशित समय ०७:३५ बजे

















