गृहपृष्ठ आईपीएल : कोलकतामाथि राजस्थानको जित
आईपीएल : कोलकतामाथि राजस्थानको जित
इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलले कोलकता नाइट राइडर्सलाई हराएको छ । गए राति भएको खेलमा राजस्थान ३ विकेटले विजयी भएको हो ।
घरेलु मैदान इडेन गार्डेन टस हारेर कोलकताले १ सय ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । राजिस्थानले ४ बल अगाडी ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । राजस्थानको जितमा जोफ्रा आर्चरले अन्तिममा उत्कृष्ट प्रदर्शन गरे । उनी २७ रनमा अविजित रहे । रियान पराग ४७ रनमा हिट विकेट आउट भए ।
कप्तान अजिंक्या रहाणेले ३४, सन्जु स्यामसन २२, स्टिभ स्मिथ २ र बेन स्टोक्स ११ रनमा पेभेलियन फर्किए । स्टुअर्ट बिन्नीले ११ र श्रेयस गोपाल १८ रनको योगदान गरे । कोलकताका पियुष चवलाले २० रन खर्चेर ३, सुनिल नारायण २, प्रसिद्ध कृष्ण र आन्द्रे रसेलले समान १–१ विकेट लिए ।
यसअघि कोलकताको पारी कप्तान दिनेश कार्तिकले सम्हालेका थिए । उनी शतक बनाउन तीन रनले चुके । कार्तिकले ५० बलमा ९७ रन जोड्दै अविजित रहे । ओपनर क्रिस लिनलाई कोलकोताले शून्यमा गुमाएको थियो । सुभमन गिल १४, नितेश राना २१, आन्द्रे रसेल १४ र सुनिल नारायणले ११ रन जोडे । कार्लोस ब्रेथवेट ५ रनमा पेभेलियन फर्किए । हुँदा रिन्कु सिंह ३ रनमा नटआउट रहे ।
राजस्थानका लागि बरुन आरोनले २, ओशन थोमस, जयदेव उनादकट र श्रेयस गोपालले समान १ विकेट लिए ।
प्रकाशित समय ०७:०७ बजे

















