गृहपृष्ठ रियाल मड्रिड गेटाफेसँग बराबरीमा रोकियो

रियाल मड्रिड गेटाफेसँग बराबरीमा रोकियो

स्पेनिस लिग ला लिगा फुटबलमा रियाल मड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । रियाल गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो ।

ला लिगा अन्तरगत बिहीबार राति भएको खेलमा रियाललाई बराबरीमा रोक्न गेटाफेका गोलरक्षक डेभिड सोरियाले उत्कृष्ट प्रदर्शन गरे । खेलभर दबाबमा राखे पनि गोल गर्न भने रियाल असफल भयो ।

बराबरीपछि रियाल शीर्षस्थानको बार्सिलोनासँग १५ अंकले पछि छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग ६ अंकले पछि परेको छ ।

रियालले ३४ खेलबाट ६५ जोडेको छ । समान खेलबाट बार्सिलोनाको ८० र एट्लेटिकोको ७१ अंक छ । गेटाफे ५५ अंकसहित चौथो रहेको छ ।

ला लिगा अन्तर्गत नै गएराति भएको खेलमा इस्पान्योल र सेल्टा डि भिगो १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

प्रकाशित समय ०७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु