गृहपृष्ठ भ्यानको ठक्करबाट झापामा साईकलयात्रीको मृत्यु
भ्यानको ठक्करबाट झापामा साईकलयात्रीको मृत्यु
झापाको कन्काई नगरपालिका–१ दुर्गापुरमा बिहीबार राति पिकअप भ्यानको ठक्करबाट एक साईकलयात्रीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दुर्गापुरबाट पूर्वतर्फ जाँदै गरेको जिल्ला प्रशासन कार्यालय झापाको ६६–१–०४१४ नम्बरको भ्यानले साईकलयात्री पाँचथर नागी– ६ घर भई हाल कन्काई नगरपालिका–१ कालीमुडामा डेरा गरी बस्ने ४० वर्षीय उमेश हिङमाङलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते हिङमाङको बी. एण्ड. सी अस्पताल बिर्तामोडमा उपचारका क्रमम मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रकाशित समय १२:१० बजे

















