गृहपृष्ठ मौसममा बदली, विराटनगर एक्कासी अँध्यारियो

मौसममा बदली, विराटनगर एक्कासी अँध्यारियो

mausam-newskarobar

विराटनगरको मौसममा बदली भएको छ । बिहान घाम झुल्किएको विराटनगरमा एक्कासी अँध्यारो भएको छ । घाम झुल्किएपछि निभाइएको बत्ति फेरि बालिएको छ । मौसम पूर्वानुमान महासाखाले पनि आज पूर्वी भू–भागमा मौसम बदली हुने जनाएको छ ।

पूर्वी भू–भागमा वर्षाको समेत सम्भावना रहेको जनाएको छ । महासाखाका अनुसार मध्य र पश्चिमका पहाडी भु–भागमा आंशिक बदली रहनेछ भने बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मध्य र पश्चिमि पहाडी भू–भागका एक दुई स्थानमा अपरान्हपछि वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ। राति देशको पूर्वी भू–भागमा लगायत मध्य र पश्चिमका पहाडी भु–भागमा आंशिक बदली रहनेछ भने बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित समय ०८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु