गृहपृष्ठ कक्षा १२ को वार्षिक परीक्षा सुरु
कक्षा १२ को वार्षिक परीक्षा सुरु
आजदेखि कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा बिहान ७ बजेबाट सुरु भएको हो ।
परीक्षामा यस वर्ष ४ लाख २८ हजार ५२ परीक्षार्थीको सहभागिता रहेको राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।
परीक्षामा सबैभन्दा कम मनाङमा ५९ जना तथा सबैभन्दा धेरै काठमाडौंबाट ६२ हजार ५ सय ८८ परीक्षार्थी सहभागी छन् । परीक्षाका लागि देशभर १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरिएको छ । परिक्षा बैसाख २६ गते सकिनेछ ।
प्रकाशित समय ०७:५८ बजे

















