गृहपृष्ठ मेलम्ची खानेपानी आयोजनाको काम तत्काल अघि बढाउन संसदीय समितिको निर्देशन
मेलम्ची खानेपानी आयोजनाको काम तत्काल अघि बढाउन संसदीय समितिको निर्देशन
तस्बिर : रासस
विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाको काम तत्काल अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको सममिति बैठकले सरकारलाई काम छिटो सक्न निर्देशन दिएको हो ।
काठमाडौं उपत्यकाबासीको प्रतिक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
समितिको बैठकले खानेपानी तथा सरसफाइ नीति ल्याउन, खानेपानी र सरसफाइका क्षेत्रमा सञ्चालित योजनाका काम समयमै सम्पन्न गर्न अनुगमन प्रभावकारी गर्न मन्त्रालयलाई निर्देश दिएको छ ।
तराई/मधेशका जिल्लामा खानेपानीमा देखिएका आर्से्निक र हिमाल एवं पहाड जिल्लाका सुख्खाग्रस्त क्षेत्रमा लिफ्टमा माध्यमबाट खानेपानी उपलब्ध गराउन, संविधान प्रदत्त स्वच्छ खानेपानी पिउन पाउने जनताको मौलिक अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्नसमेत मन्त्रालयलाई निर्देश गरेको छ ।
प्रकाशित समय १४:४८ बजे

















