गृहपृष्ठ कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीयको मृत्यु, एक सम्पर्कविहीन

कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीयको मृत्यु, एक सम्पर्कविहीन

कञ्चनजङ्घा हिमाल आरोहण गर्न गएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । अन्य एक जना सम्पर्कविहीन भएका छन् । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहणका लागि गएका पश्चिम बंगालका ४६ वर्षीय कुन्तल कार्नार र ४८ वर्षीय विप्लव वैद्यको मृत्यु भएको हो ।

चुचुरोमा पुगेर फर्किने क्रममा वैद्यको मृत्यु भएको हो भने कार्नारको आरोहणकै क्रममा मृत्यु भएको आधारशिविरमा रहेकी विभागकी निर्देशक मिरा आचायले जानकारी दिइन् ।

चिलीका रोडरिगो भिभ्यान्को भने हराइरहेका छन्। चुचुरोमा पुगेपछि उनी सम्पर्कविहीन भएका हुन् । कञ्चनजंघा हिमाल विश्वकै तेस्रो अग्लो हो । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर रहेको छ ।

प्रकाशित समय १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु