गृहपृष्ठ गोक्यो हिमतालमा बेपत्ता भएकाको शव ९ महिनापछि भेटियो
गोक्यो हिमतालमा बेपत्ता भएकाको शव ९ महिनापछि भेटियो
९ महिनाअघि सोलुखुम्बुको गोक्यो हिमतालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई मध्ये एक जनाको शव फेला परेको छ । विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बेपत्ता भएको ९ महिनापछि सुनिल बराईलीको शव फेला पारेको हो ।
बराईलीको शव करिब ३५ फिट गहिराईबाट निकालेको हो । साथीको उद्धार गर्न जाने क्रममा उनी बेपत्ता भएका थिए । बेपत्ता मध्ये अब पेम्बा दोर्जी शेर्पाको शब मात्र भेट्न बाँकी छ ।
अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पाको टोलीले हिजो दिनैभर रोबोट तथा अन्य उपकरण प्रयोग गरी शवको खोजी गरेको थियो ।
शैक्षिक भ्रमणमा गएका बेला गोक्यो तालमा पौडी खेल्ने क्रममा ३ जना छात्र गत साउनमा बेपत्ता भएका थिए । बेपत्ता मध्ये पेम्बा नुरु शेर्पाको शव त्यत्ति बेलै भेटिए पनि पेम्बा दोर्जी शेर्पा र सुनिल बराइली हराई रहेका थिए ।
शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी गोक्यो हिमतालमा बेपत्ता
तस्बिर : विक्रम श्रेष्ठ
प्रकाशित समय १३:५१ बजे

















