गृहपृष्ठ मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना
मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना
काठमाडौँ उपत्यकासहित देशभर मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वनुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले बताए ।
राति देशको पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी क्षेत्रमा आंशिक बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्म्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित समय १३:५६ बजे

















