गृहपृष्ठ बस दुर्घटनामा एकको मृत्यु, ३० घाइते
बस दुर्घटनामा एकको मृत्यु, ३० घाइते
मकवानपुरको हेटौँडा–३, बसामाडीमा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।
शनिबार काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नं को यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २०५७ नं को यात्रुबाहक बस एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
मृत्यु हनेमा बसका चालक उदयपुर वरही गाउँपालिकाका ४० वर्षीय मानबहादुर मगर रहेका छन् । घाइतेहरुको चितवनको पुरानो मेडिकल कलेज र हेटौंडाका विभिनन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १२:३३ बजे

















